३२ घण्टामा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार वहालवाला मन्त्री भेटेर फर्किए मिश्री

३२ घण्टामा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार वहालवाला मन्त्री भेटेर फर्किए मिश्री

अर्थ चौतारी

३२ घण्टामा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार वहालवाला मन्त्री भेटेर ...

A A- A+

काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिश्री सोमबार साँझ स्वदेश फर्किएका छन् । विदेश सचिव मिश्री आइतबार बिहान नेपाल आएका थिए ।

३२ घण्टा नेपाल बसाइँका क्रममा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार बहालवाला मन्त्री र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरी फर्किएका छन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भारतीय विदेश सचिव मिश्रीले सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सोमबार नै उनले आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र सचिव लम्सालले उनको सम्मानमा आइतबार साँझ आयोजना गरेको रात्रिभोजमा विदेश सचिव मिश्रीले मधेसकेन्द्रित दलका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?