चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट ‘तस्करी’, नोयडामा पक्राउ परे भारतीय

चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट ‘तस्करी’, नोयडामा पक्राउ परे भारतीय

अर्थ चौतारी

चीनबाट नेपाल हुँदै भारतमा ई–सिगरेट ‘तस्करी’, नोयडामा पक्राउ परे ...

A A- A+

नोयडा । चीनबाट नेपाल हुँदै भारत ल्याइएको आठ लाख भारुबराबरको अवैध ई–सिगरेट जफत गरिएको नोयडा प्रहरीले जनाएको छ । सिगरेट ‘तस्करी’ गर्ने व्यक्तिलाई सोमबार नोयडाको सेक्टर ३९ बाट पक्राउ गरिएको जनाइएको छ ।

उक्त सिगरेट नेपाल हुँदै मारुती स्वीफ्ट कारमा उत्तराखण्डबाट दिल्ली लगेर बेच्ने तयारी गरिएको जनाइएको छ । पक्राउ गरिएका व्यक्ति उत्तराखण्डको उद्धमसिंह नगरमा बस्ने ३५ वर्षीय रियाज अहमद भएको नोयडाका प्रहरी एडीसीपी मनीषकुमार मिश्रले बताएका छन् ।

प्रहरीका अनुसार, मल्टी फ्लेभरको उक्त ई–सिगरेट अमेरिकामा डिजाइन गरिएको र चीनमा बनाइएको हो । प्रहरीका अनुसार, त्यस्ता ई–सिगरेट दिल्लीका बार र रेस्टुरेन्टहरूमा बिक्री गर्ने गरिएको छ । प्रहरीले उक्त कारलाई पनि ‘सिज’ गरेको छ ।

भारतीय प्रहरीले यसअघि गएको जुन १४ मा एक करोड भारुको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरेको थियो । जुन २४ मा पनि ४५ लाख भारुबराबरको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरिएको जनाएको छ । यस्तै, गएको आइतबार राति ३० वर्षीय रन्जीत नामक बरोलाको सेक्टर ४९ मा बस्ने व्यक्तिलाई ई–सिगरेट र भाङ बेच्दै गरेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हिन्दुस्तान टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?