काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।
पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् । निजामती कर्मचारीहरूले काम गर्दा कानुनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताएका छन् । पौडलले सरुवा-बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि कर्मचारीलाई निर्देशन दिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच