अवैध २४ लाखसहित काठमाडौं उड्न लागेका ५ भारतीय नेपालगञ्जमा समातिए

अवैध २४ लाखसहित काठमाडौं उड्न लागेका ५ भारतीय नेपालगञ्जमा समातिए

अर्थ चौतारी

अवैध २४ लाखसहित काठमाडौं उड्न लागेका ५ भारतीय नेपालगञ्जमा ...

A A- A+

बाँके- नेपालगञ्ज विमानस्थलबाट जहाजमा काठमाडौं आउन तयार पाँचजना भारतीयलाई अवैध २४ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । राँझा एयरपोर्टबाट काठमाडौं उड्न तयार रहेका उनीहरूलाई स्रोत नखुलेको उक्त परिमाणको रकमसहित बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल छन्  राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?