रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

अर्थ चौतारी

रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

A A- A+

काठमाडौं, ९ असोज । रास्वपाबाट निश्काषनमा परेका डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित् भएको बताएका छन् ।उनले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको विषय बाँकी रहेको भन्दै त्यसको प्रमाणसमेत पेश गरेका छन् । ढकालले लामिछानेको दोहोरो राहदानीको मुद्दा टुँगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने पनि ठोकुवा गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-

सहकारीको विषय लगभग टुङ्गिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ । अब कुरा गरौँ राहदानी दुरूपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए । १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए । त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ । दोहोरो राहदानीको यो मुद्दा टुङ्गो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?