काठमाडौं– ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा आदिवासी जनजातिहरूले झाँकीसहितको र्याली निकालेका छन् ।आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्किने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्याली निकालेका हुन् ।र्यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ-संस्था सहभागी थिए ।संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको थियो ।सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु गरिएको हो । त्यसयता अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाइन्छ ।नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेकाले यो दिवस मनाउने गरिएको छ ।राष्ट्रसंघले सन् २०२४ मा मनाइने ३०औँ विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीको अधिकार संरक्षण’ नारा तय गरेको छ ।
तस्बिरमा हेर्नुहोस् :


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच