काठमाडौँ । आज शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘गाउँ आएको बाटो’ गाउँको कथा बोलेको फिल्म हो, भने ‘लन्डन टु पेरिस’ले प्रेमकथा विषय बनाएको छ ।
‘लन्डन टु पेरिस’ :
घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको अभिनय रहेको फिल्म हो । निश्चल र गरिमाले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।ट्राभल लभस्टोरीको कथामा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गरेको हो ।
‘गाउँ आएको बाटो’:
नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ । बाबुछोरोको कथामा निर्माण भएको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् ।फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ, भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच