राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

अर्थ चौतारी

राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

A A- A+

काठमाडौँ । राप्रपा नेपालले १८ जेठ काठमाडौंमा आकस्मिक बैठक बोलाएको छ। पार्टी अध्यक्ष कमल थापा पक्राउ परेपछि बैठकको आयोजना गरिएको हो।
पक्राउपछि थप रणनीति तय गर्न बैठक बस्न लागेको महामन्त्री राजाराम बर्तौलाले बताए । १८ जेठ, काठमाडौं । राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए । पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

राजसंस्था तथा हिन्दूराज्य पुनस्र्थापना तथा संघीयता खारेजीलगायतका माग राखेर राजावादीहरूले गरिरहेको आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी मुख्यालयनजिकबाट अध्यक्ष थापा पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?