काठमाडौँ — अमेरिकाले पेरिस ओलम्पिक २०२४ मा मंगलबार पदक तालिकातर्फ ठोस अग्रता लिएको छ । प्रतियोगिताको ११औं दिन अमेरिका २४ स्वर्ण ३१ रजत र ३१ कांस्यसहित शीर्ष स्थानमा छ । उसको कुल पदक संख्या ८६ पुगेको छ ।
चीन २२ स्वर्ण, २१ रजत र १६ कांस्यसहित दोस्रोमा छ । यस्तै अस्ट्रेलिया १४ स्वर्ण, १२ रजत र नौ कांस्यसहित तेस्रो स्थानमा रहेको छ । त्यसपछि आयोजक फ्रान्स, बेलायत, दक्षिण कोरिया र जापान रहेका छन् ।
एथलेटिक्सका पुरुष १५०० सय मिटर दौडमा अमेरिकाका कोल होकरले स्वर्ण जिते । उनले तीन मिनेट २७.६५ सेकेन्डमा दौड पूरा गरे ।
महिला फुटबलको फाइनल ब्राजिल र अमेरिकाबीच हुने भएको छ ।सेमिफाइनलमा ब्राजिलले स्पेनलाई ४–२ ले हरायो भने अमेरिकाले जर्मनीलाई १–० ले पराजित गर्यो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच