आज बजेट सार्वजनिक गरिँदै

आज बजेट सार्वजनिक गरिँदै

अर्थ चौतारी

आज बजेट सार्वजनिक गरिँदै

A A- A+

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ ।

संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन् ।

दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?