पेस्तोलसहित दुईजना पक्राउ

पेस्तोलसहित दुईजना पक्राउ

अर्थ चौतारी

पेस्तोलसहित दुईजना पक्राउ

A A- A+

काठमाडौं । पेस्तोलसहित प्रहरीले सप्तरीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीकै सुरुंगा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बमबहादुर तामाङ छन् ।

उनीहरूका साथबाट पेस्तोल एक, त्यसमा लाग्ने गोली दुई राउन्ड र म्यागजिन दुईथान बरामद गरिएको छ । सप्तरीको खडक नगरपालिका–८, भदियाबाट शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीहरू स६प ५९०८ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?