जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

अर्थ चौतारी

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

A A- A+

काठमाडौँ । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।शव महोत्तरीको मनरासिसा नगरपालिका(२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?