कोरला नाकामा एकीकृत भवन निर्माण

कोरला नाकामा एकीकृत भवन निर्माण

अर्थ चौतारी

कोरला नाकामा एकीकृत भवन निर्माण

A A- A+

गलेश्वर– गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ । गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजारको लागतमा एकीकृत भवन निर्माण गरिएको हो । सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि-फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव-इञ्जिनीयर कमल पहारीले जानकारी दिए । कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?