१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार

१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार

अर्थ चौतारी

१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना ...

A A- A+

काठमाडौं – पछिल्लो १० वर्षमा सहकारी ठगी र रकम हिनामिना गरेको विषयलाई लिएर सयौं सहकारीहरुविरुद्ध उजुरी परेको छ ।

पछिल्लो १० वर्षमा देशैभरी २५८ वटा सहकारीहरूविरुद्ध उजुरी परेको नेपाल प्रहरीको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार; प्रहरीले उजुरी परेकामध्ये अहिलेसम्म ६६९ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारीका १५ सय ४० सञ्चालक फरार छन् ।

कोशीमा ३४, मधेशमा २७, बागमतीमा १८, गण्डकीमा २०, लुम्बिनीमा १८, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ८ वटा सहकारीबारे प्रहरीमा  मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाका १०७ वटा सहकारीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पनि २० वटा सहकारीका मुद्दा दर्ता भएको र ती मुद्दासँग जोडिएका १२७ जना फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?