दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त

दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त

अर्थ चौतारी

दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त

A A- A+

दुबई– दुबईका शासक शेख मोहम्मद बिन राशिद अल–मकतुमले आइतबार आफ्ना छोरा तथा इमिरेट्सका युवराजलाई संयुक्त अरब इमिरेट्स (युएई) को रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।मन्त्रिपरिषद् पुनर्गठनमा युएइएका प्रधानमन्त्री शेख मोहम्मदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट्सको सरकारमा उपप्रधानमन्त्रीका रूपमा सामेल भएका छन् र उनलाई रक्षामन्त्रीमा नियुक्त गरिएको छ ।एकचालिस वर्षीय शेख हमदान शेख मोहम्मदका दोस्रो छोरा हुन् र उनले सन् २००८ देखि दुबईको युवराजको पद सम्हाल्दै आएका छन् । सन् २००१ मा बेलायतको एलिट स्यान्डहर्स्ट मिलिटरी कलेजबाट स्नातक गरेका उनी सन् २००६ मा इमिरेट्समा रणनीतिक विकास योजनाका लागि जिम्मेवार निकाय दुबईको कार्यकारी परिषद्का अध्यक्ष बनेका थिए ।उनका पिता शेख मोहम्मद सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापना भएदेखि रक्षामन्त्री थिए । त्यति बेला उनी २२ वर्षको मात्र थिए ।मन्त्रिपरिषद् पुनर्गठनमा विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानलाई पनि उपप्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको छ । सानो मन्त्रिपरिषद् पुनर्गठनले अन्य धेरै मन्त्रीहरूको फेरबदलका साथै मन्त्रालयहरूको विलय पनि गरेको छ ।विश्वको सबैभन्दा ठूला तेल उत्पादकहरूमध्येको एक र संयुक्त राज्य अमेरिका, रुस तथा चीनको सहयोगी संयुक्त अरब इमिरेट्स मध्यपूर्वमा प्रमुख शक्तिका रूपमा विकसित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?