काठमाडौं । जिम्बाबेविरुद्धको टी–२० सिरिजको चौथो खेलमा भारतले १० विकेटको फराकिलो जित निकालेको छ शनिबार भएको खेलमा जिम्बाबेले दिएको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरका कुनै पनि विकेट नगुमाइ भेटाएको हो । भारतका लागि यशस्वी जैसवाल र कप्तान शुभमन गिलल दुवैले अर्धशतक बनाउँदै उत्कृष्ट साझेदारी गरे ।जैसवालले ५३ बलमा ९३ रन बनाउँदा गिलले ३९ बलमा ५८ रनको योगदान दिए । गिलले ६ चौका र दुई छक्का प्रहार गर्दा जैसवालले १३ चौका र दुई छक्का प्रहार गरे त्यसअघि हरारेरमा टस हारेर ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उसका लागि कप्तान सिकन्दर राजाले ४६ रनको योगदान दिए । त्यस्तै तडिवानासे मरुमणिले ३२ तथा वेस्ली मधेभरेले २५ रन बनाए । भारतका लागि खलिलि अहमदले २, शिवम दुबे, तुषार देशपाण्डे, अभिषेक शर्मा र वासिङ्टन सुन्दरले एकएक विकेट लिए ।जितसँगै भारतले पाँचको खेलको शृंखला एक खेल अगावै जितेको छ । यसअघि भारतले दुई र जिम्बाबेले एक खेलमा जित निकालेका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच