कोहलीको आलोचना गर्दा समर्थकबाट ज्यान मार्ने धम्की आएको क्रिकेट कमेन्टेटरको गुनासो

कोहलीको आलोचना गर्दा समर्थकबाट ज्यान मार्ने धम्की आएको क्रिकेट कमेन्टेटरको गुनासो

अर्थ चौतारी

कोहलीको आलोचना गर्दा समर्थकबाट ज्यान मार्ने धम्की आएको क्रिकेट ...

A A- A+

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । यसपटक टी–२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् ।विश्वकपमा सहभागी हुन सबै राष्ट्रका खेलाडी आयोजना स्थल पुगिसकेका छन् । यतिबेला सहभागी टोलीहरू विश्वकपको अन्तिम तयारीमा व्यस्त छन् । विश्वकपमा सहभागी खेलाडीहरूको प्रदर्शनको विषयलाई पनि विभिन्न टिप्पणी हुन थालेका छन् ।यसै क्रममा न्युजिल्यान्डका पूर्वखेलाडी तथा क्रिकेट कमेन्टेटर साइमन डुलले भारतीय खेलाडी विराट कोहलीको आलोचनाको विषयलाई लिएर एउटा आश्चर्यजनक तथ्य सार्वजनिक गरेका छन् ।कोहली टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको रूपमा दरिएका थिए ।तर, उनको स्ट्राइक रेटको विषयलाई लिएर भने धेरै क्रिकेट विश्लेषकले आलोचना गर्दै आएका छन् । बढी रन बनाए पनि उनको स्ट्राइक रेट कम देखिन्छ । सुनिल गावस्करजस्ता दिग्गज क्रिकेटरले पनि स्ट्राइक रेटको विषयलाई लिएर उनको आलोचना गरेका थिए ।केही दिनअघि न्युजिल्यान्डका तीव्र गतिका पूर्वबलर एवं कमेन्टेटर साइमन डुलले पनि विराटको स्ट्राइक रेटलाई लिएर प्रश्न उठाएका थिए । अहिले आएर साइमनले विराटको आलोचना गर्दा आफूलाई ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् ।विराटका समर्थकले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप साइमनले लगाएका छन् । ‘मैले विराटको विषयमा सयौँ राम्रो टिप्पणी गरेको छ । तर, उनको विषयमा एउटा आलोचनात्मक टिप्पणी गर्दा ज्यान मार्ने धम्की दिइन्छ,’ साइमनले भनेका छन् । साइमनले आफू अहिले पनि विराटको शुभचिन्तक भएको प्रतिक्रिया पनि दिएका छन् । ‘विराट प्रभावशाली खेलाडी हुन् । उनको भविष्य अझ पनि उज्ज्वल छ । खेलाडीको प्रदर्शनमा सुधार आओस् भनेर नै आलोचना गरिन्छ । यो यथार्थलाई समर्थकले पनि बुझ्नुपर्छ,’ साइमन भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?