यु-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

BANGI, MALAYSIA - JANUARY 20: Puja Mahato of Nepal plays a shot during ICC Women's U19 T20 World Cup 2025 match between Scotland and Nepal at YSD-UKM Cricket Oval on January 20, 2025 in Bangi, Malaysia. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

यु-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

अर्थ चौतारी

यु-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

A A- A+

काठमाडौं : मलेसियामा जारी आइसिसी यु-१९ महिला टि-२० विश्व कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो। नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन्। ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन्। त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो। कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन्। सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन्।

नेपालको यो लगातार दोस्रो हार हो। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ। उक्त खेलमा अस्ट्रेलियालाई हराउँदै नेपाल स्कटल्याण्डको नतिजामा भर पर्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?