गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस

गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस

अर्थ चौतारी

गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस

A A- A+

काठमाडौं- शुक्रबार बिहान सवा ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस अझै भेटिन सकेका छैनन् ।चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेपछि त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै नभेटिएका हुन् पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, शिशासहित अवशेष भेटिए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रु पनि भेटिन नसकेका हुन् बस खस्ने क्रमममा तिनका शिशा र सानातिना भाग भेटिए पनि दुवै बस त्रिशूलीमा पूरै डुबेकाले नभेटिएका हुन् ।

त्रिशूलीमा बाढी आएर पानीको करेन्ट एकदमै कडा भएकाले गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा सकस भोग्नु परेको छ ।बसको खोजीमा नेपाली सेनाको गोताखोर टोली, सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित छन् । उनीहरूले मोटरबोट र र्‍याफ्टबोटसहित खोजी गर्दा पनि बसको एकीन स्थान पत्ता नलागेको हो खोजीका क्रममा एउटा हुक त्रिशूलीको सतहमा अड्किए पनि पानी धमिलो भएकाले बस या अरुको भाग भन्ने खुल्न सकेको छैन बिहानभरी खोज्दा पनि नभेटिएपछि अहिले सुरक्षाकर्मीहरू समीक्षा र नयाँ उपायको खोजीमा लागेका छन् घटनास्थलमा तीनै निकायका २ सय जनाको सुरक्षा फौज परिचालित छन् काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए ।उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् । चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै बसमा चालकसहित ६५ जना सवार रहेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?