एमाले अध्यक्ष ओली अस्वस्थ, भएको के हो ?

एमाले अध्यक्ष ओली अस्वस्थ, भएको के हो ?

अर्थ चौतारी

एमाले अध्यक्ष ओली अस्वस्थ, भएको के हो ?

A A- A+

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । ‘अध्यक्षज्यूलाई दाँतले दु:ख दिएको थियो । त्यो दाँत सोमबार निकालिएको छ’, ओलीको सचिवालयले भन्यो, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।’उनी अहिले निवासमै आरामरत रहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?