सुरक्षाकर्मीसँग ठोक्किएर घाइते भएका स्पेनिस स्ट्राइकर मोराटाको खुट्टामा अझै पिडा

सुरक्षाकर्मीसँग ठोक्किएर घाइते भएका स्पेनिस स्ट्राइकर मोराटाको खुट्टामा अझै पिडा

अर्थ चौतारी

सुरक्षाकर्मीसँग ठोक्किएर घाइते भएका स्पेनिस स्ट्राइकर मोराटाको खुट्टामा अझै ...

A A- A+

काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेन र इङ्ल्यान्डबिच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार, सोमबार बिहान खेलिने छ । तर, फाइनलमा स्पेनका प्रभावशाली खेलाडी अल्भारो मोराटाको सहभागिता भने अन्योलमा परेको छ ।
सुरक्षा गार्डसँग ठोक्किएर घाइते भएका कारण फाइनलमा ३१ वर्षीय मोराटाको सहभागिता अन्योलमा परेको हो । स्पेन र फ्रान्सबिचको सेमिफाइनल खेलका क्रममा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराएपछि स्पेनिस टोलीका केही समर्थक मैदानभित्र प्रवेश गरेका थिए । अनधिकृत रूपमा मैदानभित्र प्रवेश गरेका समर्थकलाई निकाल्न सुरक्षाकर्मी पनि दौडँदै मैदानमा पुगेका थिए ।
सोही क्रममा एक सुरक्षाकर्मी अल्भारो मोराटासँग ठोक्किन पुगेका थिए । सुरक्षाकर्मी चिप्लिएर मोराटासँग ठोक्किएका थिए । सुरक्षाकर्मीसँग ठोक्किएर मोराटाको दायाँ खुट्टामा चोट लागेको छ । उनको खुट्टामा अत्यधिक पिडा भइरहेको स्पेनिस टोलीका व्यवस्थापकले जनाएका छन् ।
उनको स्वास्थ्य परीक्षण भइरहेको पनि समाचारमा जनाइएको छ । स्पेनिस टोलीका मिडफिल्डर रोड्रीले पनि मोराटाको खुट्टामा अझै पिडा भइरहेको जनाएका छन् । उनले फाइनलअघि नै मोराटा स्वास्थ्य भइसक्ने विश्वास पनि व्यक्त गरेका छन् ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोराटा जारी युरो कपमा पनि टोलीका भरपर्दा खेलाडी हुन् । उनले जारी युरो कपको समूहगत चरणमा क्रोएसियाविरुद्ध आकर्षक गोल पनि गरेका थिए ।

‘दुर्घटनाका अगाडि कसैको केही लाग्दैन । हामी पर्ख र हेरको स्थितिमा छौँ । गम्भीर समस्या भएजस्तो लाग्दैन । उनको खुट्टामा अझै पनि पिडा छ । फाइनल खेलअघि नै मोराटा स्वास्थ्य भइसक्ने विश्वास छ,’ स्पेनिस टोलीका प्रशिक्षक लुइस डे ला फुएन्टले भनेका छन् ।

स्पेन र फ्रान्सबिचको सेमिफाइनल खेलका क्रममा दुवै टोलीका समर्थक पटक–पटक मैदानभित्र प्रवेश गरेका थिए । दोस्रो हाफको खेल भइरहँदा फ्रान्सेली टोलीका कप्तान केलियन एमबाप्पेका एक समर्थक मैदानभित्र प्रवेश गरेका थिए । ती समर्थक एमबाप्पेसँग सेल्फी लिन चाहन्थे । उनलाई पनि सुरक्षा गार्डले बाहिर निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?