सिमलताल पहिरोमा बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ३ जना सकुशल

सिमलताल पहिरोमा बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ३ जना सकुशल

अर्थ चौतारी

सिमलताल पहिरोमा बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ...

A A- A+

रौतहट । काठमाडौँबाट गौर तर्फ आउने क्रममा आज बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ। बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हामफालेर ज्यान जोगाएका थिए।

बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीन जनाले हामफालेर ज्यान जोगाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।

उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । उनीहरू तीनै जना सकुशल रहेका छन् ।

२८ जना यात्रुमध्ये १४ जनाले टिकट काटिएको पाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?