काठमाडौं । पटक पटक सर्दै आएको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि असोज ४ गते मनोनयन दर्ता हुने भएको छ । शनिबार साँझ महासंघको निर्वाचन मण्डललले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि असार २२ मा हुने भनिएको निर्वाचन भदौंसम्म सरेको थियो । तर, तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका थिए ।
शनिवार सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। असोज ४ गते अपराह्न ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।
साथै संस्थागत समिति, जिल्ला शाख र प्रतिष्ठान शाखाको मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। मतदान असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच