झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते

अर्थ चौतारी

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना ...

A A- A+

चितवन।  काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ ।

प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा बिहान ३ बजे उक्त बस ठोक्किएको हो ।

बस दुर्घटनापछि उद्धार गरेर ५ जनालाई स्थानीय चौधरी मेडिकलमा उपचार गरिएको छ । उनीहरू गन्तव्यतर्फ लागेका छन् ।

 

अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले बस चालक झापाको अर्जुनधारा गाउँपालिका–११ निवासी ४० वर्षीय मधुसुदन नेपाललाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनापछि बस क्षति ग्रस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?