काठमाडौँ । मगर समुदायले काठमाडौंको टुँडिखेलमा भूमे पर्वको सुरुवात गरेका छन् । मगरहरूले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ति नआओस भन्ने कामनासहित भूमीलाई पूजा गरेर यो पर्व मनाउने गर्छन् । भूमे पर्वको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । सो क्रममा मन्त्री पाण्डेले भूमिको संरक्षणले जलवायु परिवर्तनका विश्वव्यापी असरहरूबाट मानव जातिलाई जोगाउन सक्ने बताए।
उनले मगर समुदायको परम्परागत ज्ञान र आचरणले भूमिलाई क्षति नपुर्याउने उदाहरण प्रस्तुत गर्दै यस्ता अभ्यासहरूलाई विश्वभर फैलाउन आवश्यक रहेको बताए। मन्त्री पाण्डेले संस्कृति मन्त्रालयद्वारा संस्कृतिक पर्वहरूको सूचीकरण र व्यवस्थापन कार्यविधि पारित भइसकेको जानकारी गराउँदै भूमे पर्वलाई पनि सूचीकरण गरिने विश्वास व्यक्त गरे .
टुँडिखेलमा ३ दिनसम्म विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइने बताइएको छ । भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्छाएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैंको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ । यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वपन्च लाइन सँगै हट्ने मान्यता रहेको छ । भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिने परम्परा रहेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच