दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको नवौँ स्थानमा

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको नवौँ स्थानमा

अर्थ चौतारी

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको नवौँ स्थानमा

A A- A+

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ १० औँ स्थानमा थिए ।टी–२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन् ।टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औँ, गुल्सन झा ६२ औँ, कप्तान रोहित पौडेल ६६ औँ र करण केसी ६९ औँ स्थानमा छन् ।टी–२० वरीयताको ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।टी–२० वरीयताको ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी ५२ औँ, रोहित पौडेल ५५ औँ र आसिफ शेख ९० औँ स्थानमा छन् टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् छन् । यस्तै अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन् ।टी–२० वरीयताको बलिङतर्फ नेपालका सोमपाल कामी ९९ औँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?