एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

अर्थ चौतारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

A A- A+

 काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए ।तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले उनको नाम समावेश नगरिएको हो ।प्रेम आले महाधिवेशनमा हुनुहन्थेन । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो’, खतिवडाले भने ।आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।तर पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको आलेले बताए । ‘त्यो महाधिवेशनमा म सहभागी नै भएको छैन । मैले बहिष्कार गरेको हो’, उनले भने ।आफूले बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहने पनि उनले बताए । ‘मलाई अब पार्टीप्रति रुचि छैन । जनताप्रति उत्तरदायी हुने हो, स्वतन्त्र भएर जनताको काम गर्ने हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?