काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ । आज नेप्से ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । अब नेप्से ३० अंकले घटेमा नेप्सेले २४०० विन्दुमा आउने छ ।
आज प्रि-ओपन सेसनमा १९ अंकले बढेर सुरु भएको शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लागेको छ । आज दिनभरमा बजारले एक पटक पनि माथि जान सकेन ।
बजार खुलेपनि राताम्य भएको बजार बन्द हुँदा भने ५९ अंकले घटेर बन्द भयो । बजार बन्द हुनुभन्दा २० मिनेट अगाडि नेप्से परिसूचक २५१७ विन्दुमा रहेको थियो । तर बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि बजार केही माथि गएर बन्द हुँदा भने २५२९ विन्दु कायम रह्यो ।
सोमबार नेप्से २.२८ प्रतिशतले घट्ता ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर कारोबार भएको छ ।
आज १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । सोमबार ३२९ कम्पनीको शेयर किनबेच हुँदा ७७ हजार १५३ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.५६ प्रतिशतले घटेर २ हजार ८५१.६८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले घटेर २०.८७ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह १.२७ प्रतिशतले, विकास बैंक २.४६ प्रतिशतले, होटल एण्ड टुरिजम ३.३४ प्रतिशतले, हाइड्रोपावर २.८९ प्रतिशतले, लगानी समूह २.७३ प्रतिशतले, जीवन बीमा २.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.८१ प्रतिशतले, लघुवित्त २.५६ प्रतिशतले, निर्जीवन बीमा २.६९ प्रतिशतले, अन्य समूह २.२२ प्रतिशतले र ट्रेडिङ समूह ३.९३ प्रतिशतले घटेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच