काठमाडौं ।दक्षिणकाली नगरपालिका-८ दुईजनाको शव फेला परेको छ।
दक्षिणकालीस्थित केराबारीमा एक महिला र एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङकी हवल्दार श्रीमाया तामाङले जानकारी दिइन्।
उनीहरू धादिङ सिद्धलेक गाउँपालिका-५ भई भक्तपुर बस्ने रामचन्द्र खनाल र भक्तपुर बस्ने ३२ वर्षीया सविना राई भएको उनले जानकारी दिइन्।
घटनास्थल वरिपरि मोटरसाइकलका टुक्रा फेला परेकाले दुर्घटना भएको हुनसक्ने तामाङले बताइन्।
शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै विपद् व्यवस्थापन कार्यालय सामाखुशीको टोली पुगेर शव निकालेको हो। शव खोँचमा रहेकाले निकाल्न कठिनाइ भएको थियो।
अहिले शव पोष्टमार्टमका लागि लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच