सुदूरपश्चिम सरकारबाट एमाले बाहिरिंदै, समर्थन पनि फिर्ता लिने

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरिंदै, समर्थन पनि फिर्ता लिने

अर्थ चौतारी

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरिंदै, समर्थन पनि फिर्ता लिने

A A- A+

धनगढी । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने बताए । एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् ।मुख्यमन्त्री सोडारी धनगढी बाहिर भए पनि समर्थन फिर्ता लिएको र मन्त्रीले राजीनामा दिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिने उनले बताए ।केन्द्रमा कांग्रेस र एमालेको नयाँ समीकरणमा सरकार बन्ने भएपछि सुदूरपश्चिममा पनि दुवै पार्टीले सरकार गठनबारे समेत छलफल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?