२६ घण्टासम्म चल्याे विश्वको सबैभन्दा लामो फुटबल म्याच, ८२५ गोलको वर्षा

२६ घण्टासम्म चल्याे विश्वको सबैभन्दा लामो फुटबल म्याच, ८२५ गोलको वर्षा

अर्थ चौतारी

२६ घण्टासम्म चल्याे विश्वको सबैभन्दा लामो फुटबल म्याच, ८२५ ...

A A- A+

मस्को ।हालै रुसको मस्को बाहिर क्षेत्रमा रहेको लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्सस्थित फुटबल ग्राउन्डमा विश्वको सबैभन्दा लामो फुटबल खेल भयो । यो खेल २६ घण्टासम्म चलेको थियो ।गएको शनिवार ‘अल रसियन फुटबल डे’ को उत्सव मनाउन ७ खेलाडीसहितका २ टोली अहिलेसम्मकै सबैभन्दा लामो खेलको रेकर्ड तोड्न लजिन्की ओलम्पिक स्पोर्ट्स कम्प्लेक्समा भेला भए ।खेल शनिवार मध्याह्न सुरु भएर २६ घण्टापछि आइतबार दिउँसो २ बजे सकिएको थियो । यसअघि सबैभन्दा लामो फुटबल म्याचको रेकर्ड सन् २०१४ मा बनेको थियो ।त्यतिबेला दुई ओटा टोलीले लगातार २४ घण्टासम्म खेलेका थिए । यस पटकको खेलमा कूल ८ सय २५ गोल भएका थिए  । खेलमा रेड टिमले ४१६ गोल गर्दा हवाइट टिमले ४०९ गोल गर्‍यो ।खेल ७ विरुद्ध ७ को ढाँचामा खेलिएकोले यसलाई औपचारिक रूपमा फुटबल खेल मानिएन । यो रेकर्ड गिनिज रेकर्डमा पनि लेखिने छैन तर रसियन बुक अफ रेकर्डमा भने यो खेलले आफ्नो रेकर्ड बनाएको छ । २६ घण्टाको अवधिमा खेलाडीहरूले लगातार २ घण्टासम्म खेलेर त्यसपछि ८ मिनेटसम्म ट्वाइलेट जानका लागि ब्रेक लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?