रवि लामिछानको मुद्दामा भएको आदेशमा त्रुटि, सच्याउन सर्वोच्चमा आजै पेशी

रवि लामिछानको मुद्दामा भएको आदेशमा त्रुटि, सच्याउन सर्वोच्चमा आजै पेशी

अर्थ चौतारी

रवि लामिछानको मुद्दामा भएको आदेशमा त्रुटि, सच्याउन सर्वोच्चमा आजै ...

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि देखिएपछि सच्याउनका लागि आजै पेशी तोकिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेश सच्याउन उनीहरुकै इजलासमा पेसी तोकिएको हो ।

लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकिएको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता समेत रहेका उपरजिष्ट्रार निराजन पाण्डेले आदेश हुनुपर्नेमा फैसला भनेर उल्लेख भएका कारण त्यसलाई सच्याउनका लागि पेशी तोकिएको नेपाल प्रेससँग बताए । कसैको निवेदनबिना सर्वोच्च आफैँले पेशी तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?