एनपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बने दीपेन्द्रसिंह ऐरी

एनपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बने दीपेन्द्रसिंह ऐरी

अर्थ चौतारी

एनपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बने दीपेन्द्रसिंह ...

A A- A+

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरविरुद्धको खेलमा ऐरीले २३ बलमै अर्धशतक पूरा गरेका हुन् । उनी २४ बलमा ५७ रन जोडेर नटआउट रहे । ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम विराटनगरसामु १ सय ८३ रनको चुनौती खडा गर्न सफल रह्यो ।

दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेटको इतिहासमा सर्वाधिक ९ बलमा अर्धसतक बनाउने खेलाडी पनि हुन् । उनले नेपालबाट ५५ ओडीआई र ६७ टीट्वेन्टी खेलेका छन् । २४ वर्षे दीपेन्द्र अलराउण्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा छन् ।

जारी एनपीएलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका थिए । उनले ३५ बलमा ५२ रन जोडेका थिए । अनिलको रेकर्ड दोस्रो दिनमै दीपेन्द्रले तोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?