काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन् ।बुधबार साँझ नेकपा एमालेका ८ मन्त्रीको राजीनामासँगै समर्थन फिर्ता भएपछि अल्पमतमा परिसकेका उनले संसद् फेस गर्ने अडान लिएका हुन् ।राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूसँगको छलफलमा उनले ३० दिनसम्म सरकारमै रहने अडान लिएका हुन् ।बिहीबार बिहान राजीनामा पत्र बोकेर पुगेका रास्वपाका मन्त्रीहरूसँग दाहालले डेढ घण्टा लामो संवाद गरेका थिए ।एमाले सोमबार सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका दाहालले कांग्रेसलेसमेत दबाब दिँदा पनि सत्ता छाड्न नमानेका हुन् ।एमाले र कांग्रेस दुवै दलले सोमबार नयाँ समीकरणका लागि सहमति गरिसकेको अवस्थामा प्रचण्डले सजिलै सत्ता नछाड्ने संकेत गरेका हुन् ।सरकार अल्पमतमा परेको तथा संसद्बाट विश्वासको मत पनि नमिल्ने निष्कर्षसहित रास्वापाका मन्त्रीहरूले राजीनामा दिन बालुवाटार छिरेका थिए ।राजीनामा दिन पुगेका उनीहरूलाई प्रधानमन्त्रीले अहिले सरकारबाट नबाहिरिन सुझाएका छन् । दाहालले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै साथ दिन पनि अपील गरेका छन् ।प्रचण्डले यसो भनेपछि रास्वपाका सबै मन्त्री राजीनामा पत्र गोजीमै बोकेर बालुवाटारबाट बाहिरिएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच