काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्नेक्रममा उनले गृहमन्त्रीले काँग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे । उनले ब्ल्याकमेलिङको राजनीतिक नगर्न चेतावनीसमेत दिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगरौँ । काँग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, के-के खोल्ने हो खोलिन्छन्,’ उनले भने ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच