जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

अर्थ चौतारी

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

A A- A+

काठमाडौं।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ। 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

 

पछिल्लो सयम जंगली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जंगली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ।

 

वर्षा ऋतुको आगमनसँगै जंगली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ ।

केन्द्रका अनुसार जंगली च्याउमा पकाउँदा पनि च्याउमा हुने विष कम हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?