बाँके- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व टीका लगाएर हस्तान्तरण गर्ने कुरा नभएको बताएका छन् ।
आइतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर मात्रै नेतृत्व हस्तान्तरण गर्न सकिने जिकिर गरे ।
उनले नेतृत्व टीका लगाएर दिइने कुरा नभएको जिकिर गरे । आफूले पार्टीको नेतृत्व गरेको ३५-३६ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले नेतृत्वमा बसिरहने रहर नभएको बताए ।
‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैं म मात्रै नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’
पार्टी नेता-कार्यकर्ताबाट आफूलाई नै पार्टीको नेतृत्व निरन्तर गर्न दबाब आएको प्रचण्डले उल्लेख गरे ।
मुलुकका लागि आफू नेतृत्वको सरकारले असाधारण काम गरेकाले हटाइएको जिकिर पनि उनले गरेका छन् । प्रचण्डले अहिलेको सरकार बिचौलियाल नै बनाएको आरोप लगाएका छन् ।
उनले संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छाविपरीत काम गरिरहेकोसमेत बताए । प्रचण्डले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै अहिले माओवादी नै नयाँ शक्ति भएको दाबी गरे ।
दाहालले माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको दाबी गर्दै अब झन् एकढिक्का भएको बताए । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लगेर टुटफुट भएका माओवादी घटकसँग एकता अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।
अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको दाहालले बताए । ‘सरकारमा जानुभन्दा पार्टी निर्माणमा लागिरहेका छौँ’, उनले भने, ‘अब चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढीकरण गरेर लैजान्छौँ ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच