काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अदालनमा विचाराधीन मुद्दाको विषयमा आफूले बोल्न नमिल्ने बताएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेको पासपोर्टका विषयमा प्रश्न राखेका थिए ।
पौडेलले गृहमन्त्रीलाई सोधे, ‘गृहमन्त्री रवि लामिछानेको पासपोर्टबारेमा महान्यायाधीवक्ताले गरेको निर्णयका सम्बन्धमा सरकारको के धारणा छ? साथै पछिल्लोपल्ट सहकारी प्रकरणमा सोही कार्यालयले क्लिन चिट दिने संवैधानिक र कानुनी प्रावधान कहाँ के कस्तो छ ? सरकारले यसलाई नजिर मानेको हो । होइन भने महान्यायाधिवक्तालाई पदीय आचारण विपरीत कार्य गरेको अभियोगमा कारबाही किन नगर्ने?
सांसद पौडेलको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ‘यो दुवै विषयमा अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दाबारे सदनमा बोल्न उपयुक्त नहोला ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच