काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मध्यान्ह भेट गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि चौधरीले सोमबार मध्यान्ह बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन् ।चौधरीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा एक्लै भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणबारे जानकारी गराएका छन् ।नाउपाले आइतबार मात्रै संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यसअघि नै सुदूरपश्चिम सरकार पनि नाउपाले छाडेको छ ।
सरकार छाडेको जानकारी आइतबार नै नाउपाले सभामुखलाई दिइसकेको छ। त्यसपछि सोमबार मात्रै प्रतिनिधिसभाको बैठकमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा बसेकी छन् । सुदूरपश्चिम सरकारबाट मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि तनाव बढेको हो। त्यहीकारण नाउपाको कांग्रेस–एमालेसँगको सम्बन्ध बिग्रिएको छ ।चौधरीले सोमबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने तयारी गरेका छन्। नाउपा बाहिरिएसँगै संविधान संशोधन गर्ने वर्तमान सरकारको योजनामा धक्का लागेको छ । उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि सरकार छाड्न खुट्टा उचालेर बसेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच