एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्ने धनराज गुरुङकाे घाेषणा

एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्ने धनराज गुरुङकाे घाेषणा

अर्थ चौतारी

एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्ने ...

A A- A+

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने बताए । उनले भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गरे ।उनले वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए । उनले कहीँ कतै कसैले औँला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको बताए । उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा भइरहेको बताए । उनले पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?