काठमाडौं । रुसी र अमेरिकी रक्षा प्रमुखहरूको टेलिफोन संवाद भएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार रुसका नयाँ रक्षामन्त्री आन्द्रे बेलुसोभ आएपछि यो प्रथम कुराकानी हो ।कुराकानीमा अमेरिकी रक्षा सचिव लाइड अस्टिन र बेलुसोभको कुराकानीमा युक्रेन मुद्दा आएको दुवै पक्षले बताएका छन् ।अमेरिकाले सार्वजनिक गरेको जानकारी अनुसार युक्रेनमा रुसको युद्धका दौरान दुई पक्षको संवादका ढोकाहरू खुला राख्नेबारेमा छलफल भएको छ ।रुसी पक्षले सार्वजनिक गरेको जानकारी अनुसार छलफलमा युक्रेन बारेमा धारणाहरू आदानप्रदान भएका छन् भने रुसले युक्रेनी फौजमा हतियार दिने अमेरिकी कदमको विरोध गरेको छ ।अमेरिकाले दिएको मिसाइलबाट क्राइमियाको समुद्री किनारमा बसेका दुई बालबालिकासहित चार जनाको मृत्यु तथा १५० घाइते भएको घटनापछि यस्तो कुराकानीको समाचार बाहिरिएको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच