कुटपिट गरी श्रीमतीको हत्या

कुटपिट गरी श्रीमतीको हत्या

अर्थ चौतारी

कुटपिट गरी श्रीमतीको हत्या

A A- A+

महोत्तरी– महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक व्यक्तिले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?