आरजुको स्पष्टोक्तिः ‘केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने हो, म होईन’

आरजुको स्पष्टोक्तिः ‘केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने हो, म होईन’

अर्थ चौतारी

आरजुको स्पष्टोक्तिः ‘केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने ...

A A- A+

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केपी शर्मा ओलीपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् । आज (बिहीबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू अहिले देशको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकी हुन् ।प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा अब छिट्टै देशले महिला प्रधानमन्त्री पाउने बताएसँगै धेरैले कांग्रेसले आरजुलाई अगाडि सार्ने अनुमान गरेका थियो । सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री ओली) ले त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । हाम्रोबाट अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?