श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ

श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ

अर्थ चौतारी

श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ

A A- A+

सल्यान । ज्यान मार्ने उद्देश्यले बन्चरो प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका-८ सिमखर्क घर भएका वर्ष ५० का नन्दलाल रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार नन्दलाल रोकाले घरायसी विवादमा वर्ष ४७ का श्रीमती काली रोकालाई शनिबार राति ९ बजेतिर टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएकी रोकाको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

पक्राउमा परेका रोकालाई प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?