अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती

अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती

अर्थ चौतारी

अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती

A A- A+

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले अस्ट्रेलियालाई २०६ रनको चुनौती दिएको छ ।सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो ।उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए ।त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए ।भारतका लागि शुर्यकुमार यादवले ३१, शिव्म दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्याले नट आउट २७ रनको योगदान दिए ।यस्तै ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए ।अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।यसअघि भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?