अध्यक्ष दाहालको निर्देशनपछि भट्टलाई संसदीय दलको नेता बनाउन दवाव

अध्यक्ष दाहालको निर्देशनपछि भट्टलाई संसदीय दलको नेता बनाउन दवाव

अर्थ चौतारी

अध्यक्ष दाहालको निर्देशनपछि भट्टलाई संसदीय दलको नेता बनाउन दवाव

A A- A+

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खगराज भट्टलाई सुदूर पश्चिम प्रदेश सभाको संसदीय दलको नेता बनाउन निर्देशन दिएको बताईएको छ । दाहालको यो निर्देशनपछि भट्ट पक्षधर उत्साही भएको छ भने हाल संसदीय दलका नेता रहेका मान बहादुर धामी पक्षधरहरुपनि निराश भएका छन् ।धामीलाई संसदीय दलको नेता बनाउन भूमिका निर्बाह गर्ने प्रदेश सभा सदस्य शिवसिंह ओलीले कित्ता परिवर्तन गरेपछि धामीको पद धरापमा परेको हो । मन्त्री नबनाईएपछि ओली भट्टको कित्तामा उभिदा धामीको पद धरापमा परेको हो ।खगराज भट्टलाई संसदीय दलका नेताबाट हटाउन भूमिका खेलेका ओली अहिले उनै भट्टलाई संसदीय दलको नेता बनाउन दौडधुपमा छन् ।प्रदेश सभामा ११ जना सदस्यमध्ये छ जना सदस्यले भट्टलाई संसदीय दलको नेताबाट हटाएर धामीलाई नेता चयन गरेका थिए । धामीले मन्त्रीका लागि सिफारिस गर्ने क्रममा आफूलाई उपेक्षा गरेपछि ओली क्रुद्ध भएका थिए । ओलीले हिरोले अन्तिममा देखाउने भन्दै सामाजिक सञ्जालमा स्टाटस राखेका थिए ।ओलीले पार्टी अध्यक्ष प्रचण्डले ११ जना सदस्यलाई राखेर भट्टलाई संसदीय दलको निर्देशन दिएको बताए । हेरौ अव कति दिनमा भट्टलाई संसदीय दलको नेता बनाउछन् । उनले भने, हामी त्यही पखाईमा छौ ।धामी पक्षधरहरु भने भट्टलाई संसदीय दलको नेता बनाउने पक्षमा छैनन । धामी पक्षधर प्रदेश सभा सदस्यले भने, संसदीय दलको नेताका विषयमा छलफल भएको हो, त्यस्तो कुनै निर्देशन र निर्णय भएको होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?