गौरापर्वमा नाराबाजी गर्नेलाई ओलीले भने : यो नेपालीपन होइन

गौरापर्वमा नाराबाजी गर्नेलाई ओलीले भने : यो नेपालीपन होइन

अर्थ चौतारी

गौरापर्वमा नाराबाजी गर्नेलाई ओलीले भने : यो नेपालीपन होइन

A A- A+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो ।सोही घटनालाई लक्षित गर्दै ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताएका हुन् ।‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, उनले भने ।नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे । ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?