पाकिस्तान : बलुचिस्तानको शान्ति र विकासका सरकार प्रतिवद्ध

पाकिस्तान : बलुचिस्तानको शान्ति र विकासका सरकार प्रतिवद्ध

अर्थ चौतारी

पाकिस्तान : बलुचिस्तानको शान्ति र विकासका सरकार प्रतिवद्ध

A A- A+

इस्लामावाद, १४ भदौ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले आफ्नो देश नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कडा परिश्रमबाट प्राप्त शान्ति र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रान्तमा भएको पछिल्लो आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको केही दिनपछि उनको यो भनाइ आएको हो ।

“बलुचिस्तानमा अशान्ति मच्चाउन उद्यत पाकिस्तानका शत्रुहरूलाई पूर्ण शक्ति र राष्ट्रिय समर्थनका साथ परास्त गरिनेछ,” बिहीबार राष्ट्रिय कार्ययोजनाको एपेक्स कमिटीको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री सरिफले भने ।

राष्ट्रिय प्रगति र विकासमा बलुचिस्तानका जनताको योगदानमाथि प्रकाश पार्दै शरीफले बलुचिस्तान पाकिस्तानको एक महत्वपूर्ण प्रान्त हो र यसको विकास र समृद्धिको मार्गमा रहेका सबै अवरोधहरू हटाइने बताए ।

प्रान्तमा हालै भएको आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको उल्लेख गर्दै प्रधानमन्त्री शरिफले पाकिस्तानको संविधानको सम्मान गर्नेहरूसँग मात्र संवाद सम्भव हुने बताउँदै देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नेहरूको बलिदान खेर नजाने बताए ।

उनले प्रान्तमा आतङ्कवाद उन्मूलन गर्न प्रतिआतङ्कवाद विभाग, प्रहरी र अन्य विभागहरूको क्षमता बढाउन पनि आग्रह गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?