काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी दाबी विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा.चिरञ्जीवी खनालले जानकारी दिए ।उनका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेका ेछ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुनेछ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच