काठमाडौँ– गोली प्रहारबाट घाइते भएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको द्रूत प्रतिक्रियाप्रति धन्यवाद व्यक्त गरेका छन् ।उनले सामाजिक सञ्जाल एक्समार्फत पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा भएको गोलाबारीमा उनीहरुले तत्काल स्थितिलाई नियन्त्रणमा लिएको भन्दै धन्यवाद व्यक्त गरेका हुन् ।उनले गोली प्रहारबाट र्यालीमा मारिएका एक व्यक्तिका परिवार र गम्भीर घाइते भएका अर्का व्यक्तिको परिवारमा समवेदना प्रकट गरेका छन् ।उनले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको थियो । मलाई तुरुन्तै थाहा भयो कि केही गडबड भइरहेको छ । मैले गोलीको आवाज सुनेँ, छाला छेडेको महसुस गरेँ । धेरै रक्तश्राव भयो, मैले केही भइरहेको छ भन्ने थाहा पाएँ । ‘गड ब्लेस अमेरिका !’ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच